·

सुनमा १,७०० र चाँदीमा १५ रुपैयाँको भारी गिरावट

Author

NEPSE TRADING

सुनमा १,७०० र चाँदीमा १५ रुपैयाँको भारी गिरावट

असोज ९ गते, बिहीबार नेपाली बजारमा सुनको मूल्यमा ठुलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला रु. १,७०० ले घटेर रु. २,२१,३०० मा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् बुधबार यसको मूल्य रु. २,२३,००० मा पुगेको थियो, जुन हालसम्मकै उच्च दर थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा रु. १५ ले घटेर रु. २,६८५ मा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य रु. २,७०० थियो। चाँदीले लगातार चार दिनसम्म नयाँ रेकर्ड कायम गरेपछि बिहीबार मूल्यमा गिरावट आएको हो।

Related News