·
नेपाली बजारमा सुन–चाँदी सस्तो, दुवै धातुको मूल्य घट्यो
Author
NEPSE TRADING

पुस २० गते, आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। आज सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले घटेर २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो शुक्रबार सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला २५ रुपैयाँले घटेको छ। हाल चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ, जबकि शुक्रबार चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण घरेलु बजारमा मूल्य घटबढ भइरहेको छ।



