·
स्थानीय बजारमा सुन–चाँदीको भाउमा ठूलो गिरावट
Author
NEPSE TRADING

मंगलबार, पुष १५, २०८२ — काठमाडौँ । स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ हजार ९ सय रुपैयाँले घट्दै २ लाख ६२ हजार १ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यस दिन पनि ६ सय रुपैयाँले घटेको थियो। यसैगरी, आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। चाँदी प्रतितोला ३०५ रुपैयाँले घट्दै ४ हजार ५९० रुपैयाँमा सीमित भएको महासंघले जनाएको छ।


