सुन र चाँदीको मूल्य लगातार ओरालो, दोस्रो दिन पनि ठूलो गिरावट
Author
NEPSE TRADING

बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट देखिएको छ। सुनको मूल्य एकै दिन प्रतितोला १ हजार १०० रुपैयाँले घटेर २ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँ कायम थियो, जसमा सोही दिन एकैपटक प्रतितोला ७ हजार ९०० रुपैयाँको ठूलो गिरावट आएको थियो। यससँगै सुनको मूल्य दोस्रो दिन पनि उल्लेखनीय रूपमा ओरालो लागेको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि आज प्रतितोला १२० रुपैयाँले घटेर ४ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँमा खरिद–बिक्री भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव र माग–आपूर्तिको अवस्थाका कारण बहुमूल्य धातुको मूल्यमा दबाब देखिएको हो।



