·

गोक्यो ल्याब्सले ‘RAPID’ प्लेटफर्म सार्वजनिक गर्यो, अब एकै सिस्टमबाट सबै बैंकिङ सेवा

Author

NEPSE TRADING

गोक्यो ल्याब्सले ‘RAPID’ प्लेटफर्म सार्वजनिक गर्यो, अब एकै सिस्टमबाट सबै बैंकिङ सेवा

गोक्यो ल्याब्सले ‘RAPID’ नामक एकीकृत एपीआई बैंकिङ प्लेटफर्म सार्वजनिक गरेको छ, जसले कार्पोरेट ग्राहकलाई एउटै सिस्टमबाट विभिन्न बैंकिङ सेवा प्रयोग गर्न सुविधा प्रदान गर्छ। अब कम्पनीहरूले ब्यालेन्स चेक, स्टेटमेन्ट, फण्ड ट्रान्सफर, ईएमआई भुक्तानी, तलब वितरणजस्ता कार्यहरू छुट्टाछुट्टै बैंक पोर्टल वा सफ्टवेयर प्रयोग नगरी RAPID मार्फत सजिलै गर्न सक्नेछन्।

यसअघि व्यवसायहरूलाई विभिन्न बैंकका छुट्टाछुट्टै पोर्टल तथा सिस्टम प्रयोग गर्नुपर्ने भएकाले समय, खर्च र व्यवस्थापन कठिनाइ बढ्ने गरेको थियो। RAPID बैंक वा कम्पनीको ERP/सफ्टवेयरमा एकीकृत भएपछि सबै बैंकिङ सेवा एउटै प्लेटफर्मबाट सञ्चालन गर्न सकिन्छ।

हाल RAPID सेवा ग्लोबल आइएमई बैंकका Tigg अकाउन्टिङ सफ्टवेयर प्रयोगकर्ताका लागि उपलब्ध छ। चाँडै अन्य बैंक तथा प्लेटफर्महरू पनि जोडिने गोक्यो ल्याब्सले जनाएको छ।

यस प्लेटफर्मले डिजिटल कन्सेन्ट, सञ्चालन सहजता, एन्ड–टु–एन्ड इन्क्रिप्सन तथा मल्टि–लेयर भेरिफिकेशन जस्ता उन्नत सुरक्षा संयन्त्र प्रयोग गर्छ। RAPID ले नेपालमा एपीआई बैंकिङ इकोसिस्टमलाई मजबुत बनाउने, बैंकिङ–एज–ए–सर्भिस (BaaS) को प्रवर्द्धन गर्ने तथा साना, मध्यम र ठूला सबै व्यवसायलाई समान पहुँच प्रदान गर्ने लक्ष्य लिएको छ।

Related News