फिस्टेल ड्रीम पार्कको २०% आईपीओ आउँदै, नेपाल लाइफ क्यापिटलसँग सम्झौता
Author
NepseTrading

आयु इन्टरटेन्मेन्ट लिमिटेडले पोखराको चर्चित फिस्टेल ड्रीम पार्कको २० प्रतिशत बराबरको आइपीओ ल्याउने तयारी गरेको छ। कम्पनीले ३० लाख कित्ता शेयर प्रति १०० रुपैयाँको दरले सार्वजनिक गर्नेछ।
यसका लागि Nepal Life Capital Limited लाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ। मंसिर ३ गते कमलपोखरीमा दुई संस्थाबीच सम्झौता सम्पन्न भएको हो, जहाँ आयु इन्टरटेन्मेन्टका अध्यक्ष कदम के.सी. र नेपाल लाइफ क्यापिटलका सिईओ मनिष घिमिरेले हस्ताक्षर गरेका थिए।
करिब ५७ रोपनी क्षेत्रफलकमा फैलिएको फिस्टेल ड्रीम पार्क वाटर पार्कदेखि साहसिक खेलसम्मको रोमाञ्चक आकर्षणसहित नेपालकै ठूलो मनोरञ्जन स्थलका रूपमा विकसित भएको छ।



