·

एभरेष्ट कलर लिमिटेडले मंसिर २९ गते दोश्रो वार्षिक साधारण सभा बोलायो

Author

NEPSE TRADING

एभरेष्ट कलर लिमिटेडले मंसिर २९ गते दोश्रो वार्षिक साधारण सभा बोलायो

एभरेष्ट कलर लिमिटेडले आफ्नो दोश्रो वार्षिक साधारण सभा (AGM) मंसिर २९ गते, २०८२ मा गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकको निर्णयअनुसार AGM को मिति, स्थान तथा समय निर्धारण गरी शेयरधनीहरूलाई औपचारिक सूचना प्रकाशित गरिएको हो।

सभामा भक्तपुरको कौशलटारस्थित त्रिशक्ति बैंक्वेटमा, बिहान १०:०० बजे बाट सुरु हुने सूचनामा उल्लेख छ। कम्पनी ऐन, २०६३ को दफा ६७(२) अनुसार सबै शेयरधनीलाई उपस्थितिका लागि सूचना जारी गरिएको कम्पनीले स्पष्ट पारेको छ।

सभामा आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ सम्बन्धी सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण, तथा नगद प्रवाह विवरण प्रस्तुत गरिनेछ र छलफलपछि पारित गरिनेछ। साथै आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने तथा उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि AGM मा राखिनेछ।

विशेष प्रस्तावतर्फ, कम्पनीले सर्वसाधारण समूहलाई प्राथमिक शेयर (IPO) जारी गर्ने सम्बन्धी प्रस्ताव AGM मा पेस गर्ने जनाएको छ। यससँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न नियामक निकायको निर्देशन अनुसार आवश्यक भए परिवर्तन गर्न संचालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि समावेश गरिएको छ।

कम्पनीले AGM सम्बन्धी सामान्य जानकारी पनि सार्वजनिक गरेको छ। शेयरधनीहरूले सभामा उपस्थित हुन परिचयपत्र वा शेयरधनी प्रमाण पुष्टि गर्ने कागजात साथमा ल्याउनुपर्नेछ। उपस्थिती पुस्तिका बिहान ९:०० बजे देखि १०:०० बजेसम्म खुला रहनेछ। प्रतिनिधि नियुक्त गरिएको शेयरधनी स्वयं उपस्थित भएर हस्ताक्षर गरेमा उनीद्वारा दिएको प्रोक्सी स्वतः बदर हुने पनि सूचनामा उल्लेख छ।

थप जानकारीका लागि कम्पनीको केन्द्रीय कार्यालय वा फोन ०१–६६३४८०२१ मा सम्पर्क गर्न सकिने तथा कम्पनीको वेबसाइट everestcolour.com मा विवरण उपलब्ध हुने जानकारी दिइएको छ।

Related News