·

एभरेष्ट बैंकको नाफा र EPS दुबैमा उल्लेखनीय वृद्धि

Author

NEPSE TRADING

एभरेष्ट बैंकको नाफा र EPS दुबैमा उल्लेखनीय वृद्धि

एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा उल्लेखनीय वृद्धि हासिल गरेको छ। समीक्षावधिमा बैंकले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकको नाफा ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ थियो। खुद ब्याज आम्दानी १९.३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३१.६३ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको वितरण योग्य मुनाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ रहेको छ।
निक्षेप संकलन २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ र कर्जा प्रवाह २ खर्ब १३ अर्ब ६२ लाख रुपैयाँ पुगेको छ। चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४४ लाख रुपैयाँ रहेको बैंकको खराब कर्जा अनुपात ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशतमा आएको छ। प्रतिशेयर आम्दानी (EPS) ६ रुपैयाँ ५२ पैसाले बढेर ३७ रुपैयाँ ९९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा कायम छ। असार मसान्तसम्ममा मूल्य–आम्दानी अनुपात (P/E Ratio) १८.४७ गुणा रहेको छ।

Related News