दोर्दी खोला जलविद्युतले ५६.६२ प्रतिशत हकप्रद सेयर जारी गर्ने
Author
NEPSE TRADING

काठमाडौं — दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले ५६.६२ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।
कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ५६.६२ प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
उक्त प्रस्ताव अनुमोदन गर्न कम्पनीले पुस २१ गते साधारण सभा आह्वान गरेको छ । साधारण सभाबाट स्वीकृति पाएपछि नियामक निकायको अनुमति लिई हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
हकप्रद सेयर निष्काशनमार्फत संकलित रकम कम्पनीले जलविद्युत आयोजना सम्बन्धी दायित्व भुक्तानी तथा वित्तीय संरचना सुदृढीकरणमा प्रयोग गर्ने अपेक्षा गरिएको छ ।



