·

सिटिजन्स म्युचुअल फण्डद्वारा दोहोरो लाभांश घोषणा – सुपर ३० बाट १२.७५% नगद

Author

NEPSE TRADING

सिटिजन्स म्युचुअल फण्डद्वारा दोहोरो लाभांश घोषणा – सुपर ३० बाट १२.७५% नगद

सिटिजन्स क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाले लाभांश घोषणा गरेका छन्। क्यापिटलको सञ्चालक समिति बैठकले सिटिजन्स म्युचुअल फण्ड २ (CMF2) का इकाइधनीहरुलाई गत वर्षको नाफाबाट ८.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने र सिटिजन्स सुपर ३० (C30MF) का इकाइधनीहरुलाई १२.७५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो। लाभांश वितरण प्रयोजनका लागि दुबै फण्डले भदौ १३ गते बुक क्लोज गर्ने भएका छन्। यस अनुसार भदौ १२ गतेसम्म कायम रहेका इकाइधनीहरुले घोषित नगद लाभांश प्राप्त गर्नेछन्।

Related News