·

सिटिजन लाइफ इन्स्योरेन्सको नवौँ वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत नगद लाभांश पारित

Author

NEPSE TRADING

सिटिजन लाइफ इन्स्योरेन्सको नवौँ वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीका अनुसार सभा आम्रपाली व्याङ्कवेट, भाटभटेनी, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो।

सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम ५ अर्ब रुपैयाँ चुक्तापुँजीको २० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साधारण सभामा अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू सहितका वित्तीय विवरण पनि अनुमोदन गरिएको छ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आएअनुसार बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ। वर्तमान लेखापरीक्षक श्री एसएआर एशोशियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्तिका लागि योग्य रहने निर्णय पनि सभाले स्वीकृत गरेको छ।

यसका साथै, सभाले बीमा ऐन, २०७९ बमोजिम स्वतन्त्र सञ्चालकको नियुक्तिबारे साधारण सभामा जानकारी लिने, सञ्चालक समिति सदस्यहरूको सेवा सुविधा, कम्पनीबाट गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत भएका खर्चहरू अनुमोदन गर्ने प्रस्तावहरू समेत पारित गरेको कम्पनीले जनाएको छ।

Related News