·

नागरिक लगानी कोषले शेयरधनीलाई ५% बोनस र ८% नगद लाभांश घोषणा

Author

NEPSE TRADING

नागरिक लगानी कोषले शेयरधनीलाई ५% बोनस र ८% नगद लाभांश घोषणा

नागरिक लगानी कोष (CIT) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कोषले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।

घोषित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूलाई वितरण गरिने कोषले जनाएको छ।

Related News