चिलिमे हाइड्रोपावरको आम्दानी र नाफा वृद्धि, ईपीएसमा गिरावट
Author
NEPSE TRADING

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८१ प्रतिशत बढेर १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सो आम्दानी १ अर्ब ११ करोड रुपैयाँ थियो। विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि ०.१६ प्रतिशत वृद्धि भई ६७ करोड ९५ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कुल नाफा १.४४ प्रतिशत र सञ्चालन मुनाफा ३.६१ प्रतिशतले बढेको भए पनि वित्तीय आम्दानी १६.७० प्रतिशतले घटेको छ। नाफा वृद्धि भए तापनि कम्पनीको प्रतिशेयर आम्दानी ७६ पैसा घटेर ७ रुपैयाँ ७४ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ५९ पैसा र मूल्य आम्दानी अनुपात ६०.७ गुणा रहेको छ। कम्पनीको चुक्ता पूँजी ८ अर्ब ७८ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्ग २ अर्ब ६८ करोड रुपैयाँ रहेको छ।



