·

आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको दशौं वार्षिक साधारण सभा असोज ३१ गते हुने

Author

NEPSE TRADING

आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको दशौं वार्षिक साधारण सभा असोज ३१ गते हुने

आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो दशौं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको २१३औं बैठकले गरेको निर्णयअनुसार सभा आउँदो असोज ३१ गते, शुक्रबार (अक्टोबर १७, २०२५) का दिन दिउँसो २:०० बजे राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय, सिंहदरबार प्लाजामा बस्ने भएको हो।

सभामा निम्न एजेन्डाहरू प्रस्तुत हुनेछन्:

सामान्य प्रस्तावहरू

  • सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने।

  • आ.व. २०८१/८२ को बाह्य लेखापरीक्षक एच.के.एस.डी. एसोसिएट्सका सि.ए. हरि कुमार सिलवालको राजिनामा स्वीकृत गर्दै, महालेखा परीक्षकको परामर्शअनुसार सिन्हा एण्ड कम्पनीका सि.ए. सन्जय कुमार सिन्हा कायस्थलाई बाह्य लेखापरीक्षक नियुक्त गर्ने।

  • आ.व. २०८२ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान विवरण र नगद प्रवाह विवरण अनुमोदन गर्ने।

  • आ.व. २०८१/८२ को नाफाबाट चुक्ता पुँजीमा २०% नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने।

  • आ.व. २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने।

विशेष प्रस्ताव

  • सञ्चालक तथा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने।

विविध

  • अन्य आवश्यक विषयमा छलफल गर्ने।

कम्पनी सचिवद्वारा जारी सूचनाअनुसार, सभामा असोज ३१ गतेसम्म नामसारी भएका शेयरधनीहरूले सहभागिता जनाउन सक्नेछन्।

Related News