·

अब क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न राष्ट्र बैंकबाट इजाजत लिनुपर्ने

Author

NEPSE TRADING

अब क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न राष्ट्र बैंकबाट इजाजत लिनुपर्ने

काठमाडौं, असोज २४ गते — नेपाल राष्ट्र बैंकले अबदेखि क्यासिनोलगायतका संस्थाहरूले विदेशी मुद्राको कारोबार गर्न पूर्व अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ।

राष्ट्र बैंकको विदेशी विनिमय विभागले शुक्रबार सार्वजनिक गरेको सूचनामा, विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम मात्र केन्द्रीय बैंकबाट इजाजत लिएर विदेशी विनियम कारोबार गर्न सकिने उल्लेख गरिएको छ।

यसअन्तर्गत अब देशभर सञ्चालनमा रहेका क्यासिनो, फाइभ–स्टार होटलका गेमिङ हाउस र अन्य विदेशी ग्राहकसँग कारोबार गर्ने संस्थाहरूले विदेशी मुद्रा साट्ने, जम्मा गर्ने वा भुक्तानी सम्बन्धी कार्य गर्नुअघि अनिवार्य रूपमा राष्ट्र बैंकको अनुमति लिनुपर्नेछ।

राष्ट्र बैंकले यस्तो प्रावधानले विदेशी मुद्राको व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउने, साथै विदेशी आम्दानीको निगरानी र लेखाजोखा सुदृढ गर्ने उद्देश्य रहेको जनाएको छ।

Related News