·

हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गर्न अरुण काबेली पावरको साधारण सभा असोज ३ गते

Author

NEPSE TRADING

हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गर्न अरुण काबेली पावरको साधारण सभा असोज ३ गते

अरुण काबेली पावर लिमिटेड (AKPL) ले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्ने उद्देश्यले साधारण सभा बोलाएको छ। कम्पनीले असोज ३ गते, शुक्रबार बिहान १ बजे होटल कृष्टल पशुपती, पिङ्गलास्थान, गौशालामा १५ औँ वार्षिक साधारण सभा आयोजना गर्ने जनाएको छ।
यस सभाले काबेली इनर्जी लिमिटेडमा थप लगानी गर्ने तथा बैंकको दीर्घकालीन कर्जा आंशिक भुक्तानीका लागि हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, अन्य कम्पनीका संस्थापक शेयरमा गरिएको लगानी अनुमोदन, नयाँ कम्पनीमा लगानीको स्वीकृति, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई दिने लगायतका प्रस्ताव पनि पेश हुनेछन्।
साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ २५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार भदौ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले सभामा सहभागिता जनाउन सक्नेछन्।

Related News