·

नबिलको एनआई ३१ म्युचुअल फण्डमा आवेदन दिने अन्तिम मौका : आज (भदौ ३) अन्तिम दिन

Author

NEPSE TRADING

नबिलको एनआई ३१ म्युचुअल फण्डमा आवेदन दिने अन्तिम मौका : आज (भदौ ३) अन्तिम दिन

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सञ्चालनमा ल्याएको म्युचुअल फण्ड योजना एनआई ३१ को इकाई खरिदका लागि आज (भदौ ३ गते) अन्तिम दिन रहेको छ।

यो योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ दरका १ करोड ५० लाख इकाई जारी गरिएको छ, जसको कुल मूल्य १५ करोड रुपैयाँ हुन्छ। यसमध्ये १५ प्रतिशत अर्थात् ३७ लाख ५० हजार इकाई व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले सुरक्षित राखेको छ भने बाँकी १ करोड १२ लाख ५० हजार इकाई सर्वसाधारणलाई खुला गरिएको छ।

न्यूनतम १०० इकाईदेखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सकिने सुविधा रहेको यस फण्डमा कम्तीमा ५० प्रतिशत अर्थात् ७५ लाख इकाईमा आवेदन परेको खण्डमा बाँडफाँट हुनेछ। यदि सो भन्दा कम आवेदन परेमा योजना खारेज गरी १५ दिनभित्र लगानीकर्ताको रकम फिर्ता गरिनेछ।

निवेशकहरूले आवेदन दिन धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, साथै मेरो शेयर वेब र मोबाइल एप प्रयोग गर्न सक्नेछन्। यस योजनाको क्रेडिट रेटिङमा इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ ए एटदरेट प्रदान गरेको छ भने केयर रेटिङ नेपालले केयरएनपी एएमसी क्वालिटी ३ प्लस रेटिङ दिएको छ।

Related News