·

अपी पावर कम्पनी लिमिटेडले बोनस र नगदसहित ५.२६३२% लाभांश घोषणा

Author

NEPSE TRADING

अपी पावर कम्पनी लिमिटेडले बोनस र नगदसहित ५.२६३२% लाभांश घोषणा

अपी पावर कम्पनी लिमिटेडले  गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २९ गते २२औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। उक्त सभा काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ। लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरू मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

Related News