·
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घट्यो
Author
NEPSETRADING

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स ६.३८ अंक, फ्लोट इन्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१० अंकले घटेको छ।कारोबार रकम पनि घटेको छ। ३४५ स्टकको १ लाख २ हजार ७५९ पटकको कारोबारमा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँबराबरको ३ करोड ७ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन ४ स्टक—सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र सोलु हाइड्रोपावर—सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। होटल फरेष्ट इनको शेयर मूल्य करिब १० प्रतिशत र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर मूल्य साढे ६ प्रतिशतले बढेको छ।कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो, जसको ६८ करोड ७७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। नेशनल हाइड्रोपावरको ६६ करोड रुपैयाँभन्दा बढी र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको कारोबार साढे ४१ करोड रुपैयाँ नाघेको छ।उपसमूह विश्लेषण अनुसार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंकले बढेको छ। बैंकिङ्ग, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।



