·
नेप्सेले शेयर कारोबार खुल्ने घोषणा, असोज २ गतेदेखि पूर्ववत् ढंगले कारोबार गर्न सक्ने
Author
NEPSE TRADING

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले असोज २ गतेदेखि धितोपत्रको द्वितीयक बजार कारोबार पुनः सुरु हुने जानकारी दिएको छ।
नेपाल धितोपत्र बोर्डको भदौ २७ गतेको निर्णयअनुसार, असोज २ गतेदेखि नेप्सेमा नियमित शेयर कारोबार सञ्चालन हुने सूचित गरिएको हो। यसअघि विभिन्न कारणले अस्थायी रूपमा रोकिएको कारोबार अब पुनः नियमित ढंगले सञ्चालन हुने भएको छ।
नेप्सेका प्रवक्ता मुहारिर पराजुलीले हस्ताक्षरित सूचना अनुसार, लगानीकर्ताले असोज २ गतेदेखि पूर्ववत् ढंगले कारोबार गर्न सक्नेछन्।
यस घोषणाले हालैको राजनीतिक तथा सामाजिक घटनाक्रमका कारण प्रभावित बनेका लगानीकर्तामा केही हदसम्म सहजता ल्याउने अपेक्षा गरिएको छ।