·
गुल्फ क्षेत्रमा तनावबीच इरानले स्ट्रेट अफ होर्मुज बन्द गर्दा तेल मूल्य उचालियो
Author
NEPSETRADING

इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज बन्द गरेपछि विश्व बजारमा तेलमा हाहाकार मच्चिएको छ। उक्त जलमार्ग बन्द भएसँगै कच्चा तेलको मूल्य करिब ५० प्रतिशतले वृद्धि भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार नाटोका साझेदार राष्ट्र तथा चीनलाई उक्त जलमार्ग पुनः सञ्चालनमा ल्याउन सहयोग गर्न आग्रह गरेका छन्। अमेरिका–इजरायलसँग जारी युद्धको प्रतिकारस्वरुप इरानले खाडी क्षेत्रको यो प्रमुख जलमार्ग बन्द गरेको हो।



