·
सुनको मूल्यमा वृद्धि, चाँदी स्थिर
Author
NEPSE TRADING

फागुन २७ गते, बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला दुई हजार रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य स्थिर भएको छ। आजको बजारमा चाँदी मंगलबार कायम मूल्यलाई नै आधार मानेर खरिदबिक्री हुने भएको हो। मंगलबारको बजारमा चाँदी तोलाको ५ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो।




