·

सरकारको राजस्व संकलन लक्ष्य आधा मात्र पूरा, बजेट घाटा २ खर्ब ७९ अर्ब

Author

NEPSETRADING

सरकारको राजस्व संकलन लक्ष्य आधा मात्र पूरा, बजेट घाटा २ खर्ब ७९ अर्ब
काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ८ महिनामा (साउन–फागुन) सरकारको कुल राजस्व संकलन लक्ष्यको केवल ५० प्रतिशत मात्रै पूरा भएको छ। महालेखा नियन्त्रकको कार्यालयका तथ्यांकअनुसार आठ महिनामा ७ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ मात्र संकलित भएको छ, जुन वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँको ५०.४९ प्रतिशत हो। यसमा कर राजस्व ६ खर्ब ७६ अर्ब र गैरकर राजस्व ७० अर्ब रुपैयाँ रहेको छ भने अनुदानको रकम १३ अर्ब रुपैयाँ छ।यता, पहिलो ८ महिनामा सरकारको कुल खर्च ९ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। चालु खर्च ६ खर्ब ४२ अर्ब मात्रै भएको छ, जुन वार्षिक लक्ष्य ११ खर्ब ५० अर्बको ५४.३७ प्रतिशत हो। पुँजीगत विकास निर्माणका लागि खर्च ७८ अर्ब मात्र भएको छ, जुन वार्षिक लक्ष्य ४ अर्ब ७ अर्बको १९.२४ प्रतिशत हो। यसरी, आठ महिनामा सरकारले विकास निर्माणमा २० प्रतिशतभन्दा कम खर्च गर्न सक्यो भने बजेट घाटा २ खर्ब ७९ अर्ब रुपैयाँ रहेको छ। यो अवस्था सरकार दैनिक प्रशासनिक खर्चका लागि पनि ऋणमा निर्भर हुनुपर्ने संकेत गर्छ।

Related News