·

चैत्र २ देखि ५ गतेसम्म निःशुल्क अनलाइन शेयर बजार कक्षा सञ्चालन

Author

NEPSE TRADING

चैत्र २ देखि ५ गतेसम्म निःशुल्क अनलाइन शेयर बजार कक्षा सञ्चालन
काठमाडौं । ग्लोबल मनी विक २०२६ को अवसर पारेर निःशुल्क अनलाइन शेयर बजार कक्षा सञ्चालन हुने भएको छ। सनी सेक्युरीटिज ब्रोकर नं. ४२ को सपोर्टमा आयोजित उक्त कार्यक्रम आजदेखि अर्थात् चैत्र २ गतेदेखि सुरु भई चैत्र ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।कार्यक्रम अन्तर्गत हरेक दिन बेलुका ६ बजेदेखि अनलाइन कक्षा सञ्चालन गरिनेछ। कक्षामा प्राविधिक तथा आधारभूत (टेक्निकल र फन्डामेन्टल) विश्लेषणका विषयमा प्रशिक्षण प्रदान गरिने बताइएको छ।कक्षामा अनुभवी बजार विश्लेषक सन्दीप कुमार चौधरीले प्रशिक्षण दिने कार्यक्रम रहेको छ। कार्यक्रममा सहभागीहरूलाई शेयर बजारको आधारभूत ज्ञान, बजार विश्लेषण गर्ने तरिका तथा लगानीका अवसरबारे जानकारी गराइने आयोजकले जनाएको छ।आयोजकका अनुसार उक्त कक्षाले विशेषगरी नयाँ लगानीकर्ता तथा शेयर बजारबारे सिक्न इच्छुक व्यक्तिहरूलाई उपयोगी हुने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागिताका लागि इच्छुकहरूले अनलाइनमार्फत दर्ता गरेर कक्षामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

Related News