·
पोखरामा एक दिने निःशुल्क शेयर बजार तालिम, चैत्र ७ मा आयोजना
Author
NEPSE TRADING

पोखरा । ग्लोबल मनी विकको अवसर पारेर पोखरामा एक दिने निःशुल्क शेयर बजार तालिम आयोजना हुने भएको छ। इम्पेरियल सेक्युरिटिज ब्रोकर नं. ४५ को आयोजनामा उक्त तालिम आगामी चैत्र ७ गते पोखरामा सञ्चालन गरिने भएको हो।कार्यक्रम अन्तर्गत शेयर बजार सम्बन्धी आधारभूत तथा प्राविधिक पक्षबारे सहभागीहरूलाई प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रममा नियामक निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहने बताइएको छ, जसले शेयर बजारको नियमन तथा लगानी सम्बन्धी विषयमा जानकारी दिनेछन्।तालिम कार्यक्रममा प्राविधिक विश्लेषक सन्दीप कुमार चौधरी तथा बजारका अग्रज लगानीकर्ता अम्बिका प्रसाद पौडेल को विशेष सत्र रहनेछ। उनीहरूले शेयर बजारको वर्तमान अवस्था, लगानी रणनीति तथा बजार विश्लेषणबारे आफ्ना अनुभव र सुझाव प्रस्तुत गर्नेछन्।त्यसैगरी, तालिमको भोलिपल्ट अर्थात् चैत्र ८ गते इम्पेरियल सेक्युरिटिज ब्रोकर नं. ४५ को पोखरा शाखा उद्घाटन कार्यक्रम समेत आयोजना गरिने जनाइएको छ।उक्त कार्यक्रमको मिडिया सपोर्ट नेप्से ट्रेडिङ डट कम ले गरेको छ। कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले तल उपलब्ध गराइएको लिंकमार्फत अग्रिम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। थप जानकारीका लागि पोखरा सम्पर्क नम्बर ९८५१२२३७५० मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।




