·
नेपाली बजारमा सुनको मूल्य वृद्धि, चाँदीको भाउमा गिरावट
Author
NEPSE TRADING

फागुन १२ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यता, यस दिन चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलाको ५ हजार ५९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५ हजार ५८५ रुपैयाँमा झरेको छ ।



